आवश्यक कागजात सम्बन्धमा सूचना
आवश्यक कागजात सम्बन्धमा सूचना
राहदानी आवेदन, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा, यात्रा अनुपतिपत्र, मागपत्र प्रमाणीकरण, भिसा प्रमाणीकरण, श्रम स्वीकृति, शव फिर्ती लगायत यस महावाणिज्यदूतावासबाट हुने कन्सुलर सेवा कार्यहरूका लागि प्रकृया र आवश्यक कागजातका बारेको स्पष्ट एवं विस्तृत जानकारी महावाणिज्यदूतावासको वेबसाइट https://dxb.nepalconsulate.gov.np/ मा राखिएको छ।
महावाणिज्यदूतावासबाट हुनुपर्ने कामका लागि बिदा लिएर, यात्रा खर्च गरेर आउनुहुने सेवाग्राही काम नभएर फर्किन नपरोस भन्ने चाहना हाम्रो रहेको छ र सोका लागि आवश्यक सम्पूर्ण कागजातहरु (फोटोकपी समेत) लिएर आउन हामीले बारम्बार अनुरोध गरेका छौं। आफुसँग सम्बन्धित कामका लागि आवश्यक कागजात लिएर आउनु भएमा एक मिनट पनि ढिला नगरी समयमा नै सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता निरन्तर रहनेछ।
अत: आफ्नो अमूल्य समय र यात्रा खर्च लगानी गरेर महावाणिज्यदूतावासमा आउनुअघि आवश्यक कागजातहरु (फोटोकपी समेत) के के चाहिने हो एक पटक हाम्रो वेबसाइटमा चेक गरी सोही अनुसार लिएर आउनुहुन पुन: अनुरोध छ। साथै, आवश्यक कागजात र प्रक्रियाका बारे कुनै प्रश्न भए वा थप प्रष्ट हुन परेमा हाम्रो व्हाट्सअप नम्बर +971 503949304 मा म्यासेज गर्नु भए ढिलोमा सोही दिन भित्र जवाफ दिइने व्यहोरा अनुरोध छ।
नेपाली महावाणिज्यदूतावास,
दुबई
अगष्ट १४, २०२६