महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा चतुर्दशी - २९

वैधानिकीकरण श्रम स्वीकृती

वैधानिकीकरण श्रम स्वीकृती

(Legalization Labor Approval)

श्रम स्वीकृती नलिई युएईमा आएर 2024 सेप्टेम्बरसम्म Employment Visa  प्राप्त गरी रोजगारी गरिरहेका तर श्रम स्वीकृति नलिएका नेपाली नागरिकहरुले वैधानिकीकरण श्रम स्वीकृती (Legalization Labor Approval) को सेवा लिनको लागि तपसिल अनुसारको प्रक्रिया अपनाउनुपर्दछ।

आवश्यक कागजात
अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट स्क्यान कपी FEIMS को पोर्टलमा अपलोड गर्नुपर्दछ।
१) तस्विर (Passport Size Photo)
२) तस्विर भएको राहदानीको पेज (६ महिना अवधि बाँकि हुनुपर्ने)
३) कम्पनीसँगको करारपत्र/सम्झौतापत्र (Employment Contract)

४) भिसा/Emirates ID (दुबै साइड देखिने गरी राख्नुपर्ने, 2024 सेप्टेम्बर अन्तिमसम्मको भिसा लागेको देखिनुपर्ने, नयाँ भिसा/इमिरेट्स आइडि भए दुवै पेश गर्नुपर्ने)

5) घरेलु कामदारको हकमा 2024 सेप्टेम्बर अगाडि भिसा लागेको हुनुपर्ने र सोही रोजगारदातासँग निरन्तर काम गरेको हुनुपर्नेछ।(बिदामा घर गएर  बिदा समाप्तिपछि आउने कामदारहरुको लागि सिफारिस पत्र Annex 8 समेत सँलग्न हुनुपर्ने)

6) बीमाको कागजपत्र

7) सामाजिक सूरक्षा कोषमा रकम बुझाएको प्रमाण

8) कल्याणकारी कोषमा रकम बुझाएको प्रमाण

 

प्रक्रिया

१. वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System) मा गई अनलाईन फारम भर्ने।
Link: https://feims.dofe.gov.np/common-login.aspx

२. अनलाइन फारम भर्दा व्यक्तिगत विवरण, पासपोर्ट नम्बर, नजिकको हकवालाको विवरण, रोजगारदाता कम्पनीको नाम, सम्पर्क नम्बर तथा अन्य विवरण सही रुपमा भर्ने।

३. निम्नानुसारको शुल्क सही शिर्षक र खातामा मात्र जम्मा गर्नुपर्ने र रकम तिरेको प्रमाण आफूसँग सुरक्षित राख्ने र FEIMS को पोर्टलमा अपलोड गर्ने

बीमा शुल्क

  • 18 बर्षदेखि 35 बर्षसम्म ने.रु. 3,708 (2.5 बर्षको लागि)
  • 36 बर्षदेखि 50 बर्षसम्म ने.रु. 4,931 (2.5 बर्षको लागि)
  • 51 बर्षदेखि 64 बर्षसम्म ने.रु. 9,463 (2.5 बर्षको लागि)

कल्याणकारी कोष

सामाजिक सुरक्षा कोष

  • ने.रु. 2,596 प्रति महिना (सामाजिक सुरक्षा कोषमा न्यूनतम 1 महिनाको रकम जम्मा गर्नुपर्ने र अधिकतम 12 महिनासम्मो कम एकमुष्ठ जम्मा गर्न सकिने)

   
४. यी सबै रकमहरु विद्युतीय भुक्तानी प्रणाली (जस्तै Connect IPS / ESewa / Khalti आदि) मार्फत तिर्न सकिन्छ।

5. वैधानिकीकरण श्रम स्वीकृतीको लागि महावाणिज्यदूतावासमा कुनै शुल्क नलाग्ने।