नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई)का विशेषगरी दुबई र उत्तरी इमिरेट्समा बसोबास गर्ने वा काम गर्ने नेपाली नागरिकहरूको हितको रक्षा गर्न र कन्सुलर सेवाहरू प्रदान गर्न नेपाली महावाणिज्यदूतावास दुबईको स्थापना गर्ने निर्णय गरेको छ। दुबई र उत्तरी इमिरेट्सस्थित आप्रवासी नेपालीको हकहितमा काम गर्न र र युएईसँगको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो निर्णय गरिएको हो।
महावाणिज्यदूतावास अहिले स्थापनाको चरणमा छ र निकट भविष्यमा सञ्चालन सुरु गर्नेछ। यसको मुख्य कार्यहरूमा नेपाली नागरिकहरूको लागि राहदानी जारी गर्ने र नवीकरण गर्ने, अलपत्र नेपाली नागरिकहरूको लागि यात्रा अनुमतीपत्र (ETD) जारी गर्ने, नेपाल भ्रमण गर्ने विदेशीहरूको लागि प्रवेशाज्ञा जारी गर्ने, कागजातहरूको प्रमाणीकरण (जन्म, विवाह, शैक्षिक प्रमाणपत्र), श्रम स्वीकृति प्रमाणीकरण र गुनासोहरू सम्बोधन गर्ने, आपतकालीन स्थितिमा रहेका तथा कानुनी समस्यामा परेका नेपाली नागरिकहरूलाई सहयोग गर्ने र दुबई र उत्तरी इमिरेट्समा नेपालको आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्न अन्य विभिन्न गतिविधिहरू संचालन गर्ने लगायतका कार्यहरु पर्दछन।