सार्वजनिक बिदा सम्बन्धी सूचना।

सार्वजनिक बिदा सम्बन्धी सूचना।

सार्वजनिक बिदा सम्बन्धी सूचना।

मिति २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२/०६/०१ गते बुधबार नेपाल भरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारबाट निर्णय भएको सन्दर्भमा भोलि १७ सेप्टेम्बर २०२५ (२०८२ आश्विन १ गते) बुधबारका दिन यस महावाणिज्यदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

साथै, भोलि १७ सेप्टेम्बर २०२५ मा यस महावाणिज्यदूतावासबाट राहदानी सेवा प्राप्त गर्न pre-enrollment फाराम भर्नुभएका निवेदक महानुभावहरुले आउँदो आइतवार देखि शुक्रबारसम्म आफूलाई सहज हुने कुनैपनि दिन बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म यस महावाणिज्यदूतावासमा उपस्थित भई सो सेवा प्राप्त गर्न सक्नुहुने व्यहोरा समेत सूचित गरिएको छ।