राहदानीको नयाँ प्रणाली सम्बन्धि सूचना

राहदानीको नयाँ प्रणाली सम्बन्धि सूचना

राहदानीको नयाँ प्रणाली सम्बन्धि सूचना

नेपालमा नयाँ राहदानी प्रणालीबाट राहदानी सेवा प्रवाह शुरु भएको आज पहिलो दिन नै नेपाली महावाणिज्यदूतावास दुबईले आवश्यक प्राविधिक तयारी गरी राहदानी आवेदनको काम शुरु गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ

नयाँ प्रणाली स्थिर हुन केही समय लाग्ने र स्थीरीकरणको अवधिमा सामान्य प्राविधिक समस्या आउने, आवेदन प्रक्रिया सुस्त हुनसक्ने सम्भावना रहेको र केही समय पछि प्रणालीले द्रुत गतिमा काम गर्ने भएकोले आगामी केही हप्ता राहदानी अत्यन्त जरूरी हुने (राहदानी हराएका, राहदानीको म्याद सकिएका वा केही दिनभित्र सकिन लागेका, तुरुन्त भिसा नवीकरण गर्न नयाँ राहदानी आवश्यक हुने, नवजात शिशु आदि)ले मात्र तलको लिंकमा गई अनलाइन फाराम भरी यस महावाणिज्यदूतावासमा बायोमेट्रिक लगायतका प्रकृयाका लागि आउन सक्नुहुनेछ

https://online.nepalpassport.gov.np/

यहाँलाई राहदानी अत्यन्त जरूरी छ र अनलाइन फाराम भर्न सक्नु भएन भने हामीलाई हाम्रो व्हाट्सअप  नम्बर +971 503949304 मा म्यासेज गर्न सक्नुहुनेछ

 

राहदानी प्रणाली परिवर्तनको यस समयमा यहाँहरु सबैले धैर्यता राख्नुभएको र सहयोग पुर्याउनु भएकोमा हामी आभारी छौं

 

नेपाली महावाणिज्यदूतावास, दुबई

जुलाई १३, २०२६