महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा चतुर्दशी - २९

पुनः श्रम स्वीकृति

एक पटक श्रम स्वीकृति लिएर विदेश आएका श्रमिकहरुले नेपाली महावाणिज्यदूतावासबाट पुनः श्रम स्वीकृति (Re-Entry Labor Permit) लिन सक्छन । पुनः श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले महावाणिज्यदूतावास आइरहनु पर्दैन । अनलाइनबाटै आवेदन गर्न सकिन्छ ।

पुनः श्रम स्वीकृतिका लागि चाहिने आवश्यक कागजात
अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट स्क्यान कपी प्रविष्टि गर्नुपर्दछ।
१) पुरानो श्रम स्वीकृती

२) तस्विर भएको राहदानीको पेज (६ महिना अवधि बाँकि हुनुपर्ने)
३) कम्पनी परिवर्तन गरेको भए नयाँ कम्पनीसँगको करारपत्र/सम्झौतापत्र

४) नयाँ भिसा/Emirates ID (दुबै साइड देखिने गरी)

 

 यसका साथै, FEIMS मा रहेको व्यक्तिगत प्रोफाइलमा देहायबमोजिमका कागजातहरु अपडेट गर्नुपर्दछ।

 

५) तस्विर (Passport Size Photo)
६) राहदानीमा लागेको आगमन र प्रस्थान (Arrival/Departure) को विवरण खुल्ने पेजहरू


पुनः श्रम स्वीकृतिको लागि फारम भर्ने तरिका

  • वैदेशिक रोजगार विभागको Website मार्फत आवेदन गर्न सकिनेछ । https://feims.dofe.gov.np/common-login.aspx
  • सामान्यतया विवरणहरु यस अघिनै श्रम स्वीकृति लिँदा भरिएको हुन्छ । यदि यसअघि विवरण भरिएको छैन भने सिस्टममा पुरै विवरणहरू भर्नु पर्छ । पुरानो विवरणमा केही थपघट गर्नुपर्ने भएमा Edit Profile मा गएर संशोधन गर्न सकिनेछ ।

अन्य जानकारी
 

  • पुनः श्रम स्वीकृतिको लागि देश भने परिवर्तन गर्न पाइदैन ।
  • फाराम भर्ने तरिकाको बारेमा वैदेशिक रोजगार विभागको वेबसाइटमा राखिएको भिडियोबाट आवश्यक जानकारी पाउन सकिन्छ ।Link: https://www.youtube.com/watch?v=5Qz_UYuop6c
  • सामान्यतया विवरणहरु यस अघिनै श्रम स्वीकृति लिँदा भरिएको हुन्छ,

यदि यसअघि विवरण भरिएको छैन भने सिस्टममा पुरै विवरणहरू भर्नु पर्छ



पुनः श्रम स्वीकृतिका लागि भुक्तान गर्नुपर्ने रकम

  • कल्याणकारी कोष (Foreign Employment Welfare Fund) – ने.रु. 1,500 (दुई बर्षका लागि)
  • बीमा (Foreign Employment Insurance) (2.5 बर्षका लागि)
    • 18-35 बर्ष उमेर समुहका लागि – ने.रु. 3,708 
    • 36-50 बर्ष उमेर समुहका लागि – ने.रु. 4,931
    • 51-64 बर्ष उमेर समुहका लागि – ने.रु. 9,463
    •  
  • सामाजिक सुरक्षा कोष (Social Security Fund)

ने.रु. 2,596।00 प्रति महिना (न्यूनतम १ महिनादेखि अधिकतम १ बर्षसम्मका लागि एकमुष्ठ जम्मा गर्न सकिने,

यी सबै रकमहरु विद्युतीय भुक्तानी प्रणाली (जस्तै Connect IPS / ESewa / Khalti आदि) मार्फत तिर्न सकिन्छ।

श्रम स्वीकृतिको आवश्यकता

  • तथ्याँक, सूचना व्यवस्थापनमा सहयोग
  • कामदारको राहत-उद्धारमा सहजताका लागि
  • कानूनले कामदारलाई दिएको विभिन्न किसिमका छुट सुविधाको उपयोग गर्न
  • वैदेशिक रोजगार वोर्ड सचिवालयबाट प्राप्त हुने सुविधा प्राप्त गर्न
  • सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका कामदारहरुलाई वैदेशिक रोजगार वोर्डबाट  उपलब्ध हुने सुविधा

  • अंगभंग भएका कामदारहरुलाई अंगभंगको प्रकृति अनुसार ३ देखि १०० प्रतिशत सम्म आर्थिक सहायता प्रदान गर्ने
  • गम्भीर विरामी परेका कामदारहरुलाई आर्थिक सहायता -जस्तै मुटुरोग, मृगौला सम्बन्धी रोग
  • कामदारको मृत्यु भएमा गन्तव्य मुलुकमा अलपत्र परेका शव नेपाल लैजान वजेटको व्यवस्था गर्ने
  • त्रि.वि. विमानस्थलबाट घर ठेगाना सम्म (नजिकको मोटरबाटो) सम्म शव ढुवानीको व्यवस्था
  • आश्रित परिवारलाई दश लाख रुपैया सम्म क्षतिपूर्ति
  • छोराछोरीलाई छात्रवृत्ति सहायता