इमिरेट्स पोष्ट मार्फत राहदानी डेलिभरी सम्बन्धी सुचना।

इमिरेट्स पोष्ट मार्फत राहदानी डेलिभरी सम्बन्धी सुचना।

नयाँ बनेर आएको राहदानी लिनका लागि मात्र महावाणिज्यदूतावासमा आउँन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने कारण हुलाक मार्फत राहदानी डेलिभरी गराइदिन कैयौं सेवाग्राहीहरुबाट अनुरोध प्राप्त हुने गरेको सन्दर्भमा आगामी दिनमा यस महावाणिज्यदूतावासबाट राहदानी आवेदन दिनुहुने व्यक्तिहरुका लागि युएईको सरकारी हुलाक सेवा इमिरेट्स पोष्टबाट सम्बन्धित आवेदककै ठेगानामा राहदानी डेलिभरी हुने व्यवस्था मिलाइएको छ। यसका लागि राहदानी आवेदनको बायोमेट्रिक दिएकै समयमा सम्बन्धित आवेदकले महावाणिज्यदूतावासमा डेलिभरी फाराम भरेर छोड्नु पर्नेछ र राहदानी बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई दिइनेछ। डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्क पन्ध्र (१५) दिराम (VAT सहित १५.७५ दिराम) बुझाउनु पर्नेछl यो सेवा स्वैच्छिक हो र सेवा आवश्यक पर्ने सेवाग्राहीले उपयोग गर्न सक्नुहुनेछ।

धन्यवाद।

 

नेपाली महावाणिज्यदूतावास, दुबई

असोज ९, २०८३ (सेप्टेम्बर २५, २०२६)