वितरणका लागि तयार राहदानी सूची

यस महावाणिज्यदूतावासबाट २०२५ अगष्ट ३१ सम्म राहदानी नवीकरण गर्न आवेदन दिनुभएका १,२८३ जना नेपाली नागरिकहरुको राहदानी तयार भई आएकाले पुरानो सक्कल राहदानी तथा रसिद लिई महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

साथै, बिहान सेवा लिने सेवाग्राहीको संख्या बढी हुने भएकाले राहदानी लिने समय दिउँसो १२ देखि ३ बजेसम्म तोकिएको समेत जानकारी गराउँछौं।

त्यसैगरी, यसअघिजस्तै सप्ताहन्त (weekend) मा मात्र बिदा पाउने नेपाली नागरिकहरुको सहजतालाई मध्यनजर गर्दै यहि मिति २०२५ सेप्टेम्बर २१ गते आईतबार सार्वजनिक बिदाका दिनमा समेत बिहान ९:३० बजे देखि दिउँसो २:३० बजेसम्म महावाणिज्यदूतावास खुला रहने सम्बन्धित सबैको लागि जानकारी गराईन्छ।

राहदानी सेवा प्राप्त गर्नका लागि तल दिईएको लिङ्कमा क्लिक गरी Pre-Enrollment Form भरी माथि उल्लिखित समयभित्र महावाणिज्यदूतावास कार्यालय (Abu Hail Street, Villa No. 109, Dubai) मा उपस्थित हुन सूचित गरिएको छ।