एक पटक श्रम स्वीकृति लिएर विदेश आएका श्रमिकहरुले नेपाली महावाणिज्यदूतावासबाट पुनः श्रम स्वीकृति (Re-Entry Labor Permit) लिन सक्छन । पुनः श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले महावाणिज्यदूतावास आइरहनु पर्दैन । अनलाइनबाटै आवेदन गर्न सकिन्छ ।
पुनः श्रम स्वीकृतिका लागि चाहिने आवश्यक कागजात अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट स्क्यान कपी प्रविष्टि गर्नुपर्दछ। १) पुरानो श्रम स्वीकृती
२) तस्विर भएको राहदानीको पेज (६ महिना अवधि बाँकि हुनुपर्ने) ३) कम्पनी परिवर्तन गरेको भए नयाँ कम्पनीसँगको करारपत्र/सम्झौतापत्र
४) नयाँ भिसा/Emirates ID (दुबै साइड देखिने गरी)
यसका साथै, FEIMS मा रहेको व्यक्तिगत प्रोफाइलमा देहायबमोजिमका कागजातहरु अपडेट गर्नुपर्दछ।
५) तस्विर (Passport Size Photo) ६) राहदानीमा लागेको आगमन र प्रस्थान (Arrival/Departure) को विवरण खुल्ने पेजहरू
सामान्यतया विवरणहरु यस अघिनै श्रम स्वीकृति लिँदा भरिएको हुन्छ । यदि यसअघि विवरण भरिएको छैन भने सिस्टममा पुरै विवरणहरू भर्नु पर्छ । पुरानो विवरणमा केही थपघट गर्नुपर्ने भएमा Edit Profile मा गएर संशोधन गर्न सकिनेछ ।
अन्य जानकारी
पुनः श्रम स्वीकृतिको लागि देश भने परिवर्तन गर्न पाइदैन ।