तिहारको शुभकामना।

नेपालीहरुको महान चाड तिहार २०८२ को सुखद अवसरमा युएईको दुबई एवं अन्य उत्तरी इमिरेट्स लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, एकता र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 


साथै, तिहारको अवसरमा २३ अक्टोबर २०२५ (२०८२ कार्तिक ६ गते बिहिबार,भाइटीका) का दिन महावाणिज्यदूतावास बन्द रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गर्दछौ। सो एक दिन बाहेक यो हप्ताका अन्य सबै कार्यदिनहरूमा महावाणिज्यदूतावासको सेवा प्रवाह नियमित रुपमा सुचारु रहनेछ।

 

महावाणिज्यदूत
                                                                        एवं
समस्त महावाणिज्यदूतावास परिवार

 

नेपाली महावाणिज्यदूतावास,दुबई
संयुक्त अरब ईमिरेट्स
२ कार्तिक २०८२