रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको दुबई तथा उत्तरी इमिरेट्सका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नागरिकहरूको दुर्घटनामा मृत्यु भएमा मृतकका कानूनी हकदारले क्षतिपूर्ति लगायतका रकमको लागि आवेदन गर्दा तल दिइए वमोजिमको प्रकृया र कागजातहरू आवश्यक हुने व्यहोरा जानकारी गरार्इन्छ ।
स्थानीय निकाय (गाउँपालिका वा नगरपालिका) वाट मृतकसंगकोनाताप्रमाणित कागजातएक थान तयार पार्ने । सो कागज तयार पार्दा मृतकका हकदारहरू जस्तै पती/पत्नी, छोराछोरीहरू, आमावावु र आश्रित दिदीवहिनीहरूको मृतकसँगको नाता स्पष्ट उल्लेख हुनुपर्नेछ।
सो कागजातपरराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गराउने।
सो कागज लिइ सवैजना हकदारहरूकन्सुलर सेवा विभाग, काठमाण्डौको कानूनी परामर्श शाखामा सम्पर्क राख्ने।
निवेदन दिएपश्चात त्यहाँ कार्यालयवाट उपलव्ध हुनेPower of Attorney र मञ्जुरीनामानामका दुइ छुट्टाछुट्टै कागजात एउटै मसीले स्पष्टसँग भरेर त्यहाँका अधिकृतको रोहवरमा हस्ताक्षर गर्ने र ल्याप्चे लगाउने (सम्पर्क फोन नं., र्इमेल आदि समेत राख्ने) ।
तयार भएका तीनवटै कागजातहरू सोही कार्यालयमा छाडिदिने। आवेदनको प्रकृया पूरा भयो। यस प्रकारका मुद्दाहरूले लामो समय लिन सक्ने भएको हुँदाआवेदन दिएको मनासिव समयपछि महावाणिज्यदूतावासमा सोझै सम्पर्क राख्न सकिने छ।