सवै प्रकारका शैक्षिक प्रमाणपत्र/लव्धाङ्कपत्रहरू प्रमाणिकरण
सवै प्रकारका शैक्षिक प्रमाणपत्र/लव्धाङ्कपत्रहरूको प्रमाणिकरणलागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला।
एक प्रति पूर्णरूपमा भरिएको प्रमाणीकरण आवेदन फाराम
प्रमाणपत्रको सक्कल प्रति (महावाणिज्यदूतावासमा ल्याउनु अगावै प्रमाणपत्र/लव्धाङ्कपत्रहरू जारी गर्ने निकाय, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागको प्रमाणीकरण अनिवार्य छ। उदाहरणको लागि तपार्इको School Leaving Certificate महावाणिज्यदूतावासवाट प्रमाणीकरण गर्नुपर्ने भएमा सर्वप्रथम परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी र तत् पश्चात शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागवाट प्रमाणित भएको हुनुपर्नेछ।
1. डाइभिङ्ग लाइसेन्सको प्रतिलिपि प्रमाणीत गर्नुपर्ने भएमा महावाणिज्यदूतावासमा ल्याउन अगावै नेपालको चालक अनुमतिपत्र प्रदान गरेको निकाय र कन्सुलर सेवा विभागबाट प्रमाणित भएको हुनुपर्नेछ।
2. चालक अनुमतिपत्रको प्रतिलिपि एकथान।
3. प्रमाणीकरण दस्तूर युएर्इदिराम १५०.००
जन्म/विवाह दर्ता प्रमाणपत्रहरूको प्रमाणिकरण लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला
एक प्रति पूर्णरूपमा भरिएको प्रमाणीकरण आवेदन फाराम
प्रमाणपत्रको अनुवादित सक्कल प्रति (महावाणिज्यदूतावासमा ल्याउनु अगावै स्थानीय निकायवाट नेपाली र अंग्रजीमा जारी भएको प्रमाणपत्रलार्इ परराष्ट्र मन्त्रालयवाट समेत प्रमाणित गराएको हुनपर्ने। उदाहरणको लागि तपार्इको विवाह दर्ता प्रमाणपत्र महावाणिज्यदूतावासवाट प्रमाणीकरण गर्नुपर्ने भएमा सर्वप्रथम तपार्इको गा.पा. वा न.पा. वा उ.प.न.पा. वा म.न.पा.वाट नेपाली र अंग्रेजीमा जारी प्रमाणपत्रको परराष्ट्र मन्त्रालयवाट प्रमाणित भएको हुनुपर्ने छ। प्रमाणपत्र नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको अनुसुची बमोजिमको नमुनामा हुनुपर्नेछ।)
प्रमाणीकरण दस्तूर युएर्इदिराम १५०.००प्रति पृष्ठ
अन्य कागजातहरु
विभिन्न प्रमाणपत्रहरू जस्तै प्रहरी प्रतिवेदन, अस्पतालको प्रतिवेदन आदि कागजातहरू महावाणिज्यदूतावासवाट प्रमाणित गराउनको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।
एक प्रति पूर्णरूपमा भरिएको प्रमाणीकरण आवेदन फाराम
प्रमाणपत्रको अनुवादित सक्कल प्रति (महावाणिज्यदूतावासमा ल्याउनु अगावै स्थानीय निकायवाट नेपाली र अंग्रेजी भाषामा जारी भएको प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयवाट समेत प्रमाणित गराएको हुनुपर्ने ।)
उक्त अनुवादित प्रमाणपत्रको प्रतिलिपि एक
नेपालीमा जारी भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी
प्रमाणीकरण दस्तूर युएर्इ दिराम१९०.००प्रति पृष्ठ।
ध्यान दिनुपर्ने कुराहरूः
फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भरेर हस्ताक्षर गर्नु अनिवार्य छ ।
कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन ।
शुक्रवार, शनिवार र अन्य विदाका दिनहरूवाहेकका हरेक दिन विहान ०९:३० देखि दिउँसो 2.०० बजेसम्म निवेदन पेश गर्न सकिने छ ।