प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पुन्हि - १५

राहदानी सेवा

राहदानी

संयुक्त अरब इमिरेट्सको दुबई एवं उत्तरी इमिरेट्सहरूमा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा बस्नुहुने नेपाली नागरिकहरूले आफ्नो पुरानो राहदानीको सट्टा विद्युतीय राहदानी लिन चाहेमा वा हाल लिएको राहदानीका पानाहरू प्रयोग भइसकेको वा झुत्रो भई प्रयोग गर्न नसकिने भएमा वा नासिए/हराएमा तल लेखिए बमोजिमका कागजातहरू तथा दस्तूर लिएर निवेदक स्वयं यस महावाणिज्यदूतावासमा सम्पर्क राख्नुहोला।

  1. राहदानी फाराम https://emrtds.nepalpassport.gov.np मा गएर भर्ने,
  2. हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि,
  3. युएईको भिषा भएको पानाको प्रतिलिपि एक,
  4. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक,
  5. राहदानी दस्तूर २००.०० दिराम "नगद मात्र"। तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षति भएको राहदानीको हकमा ३००.०० दिराम "नगद मात्र" दस्तुर लाग्ने  (३४ पृष्ठको लागि)।
  6. राहदानी दस्तूर ४००.०० दिराम "नगद मात्र"। तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको राहदानीको हकमा ६००.०० "नगद मात्र" दिराम दस्तुर लाग्ने  (६६ पृष्ठको लागि)।
  7. निवेदक स्वयं उपस्थित हुनुपर्ने ।

यदि राहदानी हराएको भएमा थप कागजातहरू

  1. राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
  2. कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र समेत

यदि युएईमा जन्मेको बच्चाको लागि भएमा आवश्यक कागजातहरू

  1. युएईको Health Authority बाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,
    (
    युएईको परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको हुनुपर्ने)
  2. बच्चाको बाबुआमा दुवैको राहदानीका प्रतिलिपिहरू,
  3. बच्चाको बाबुआमा दुवैको भिषाका प्रतिलिपिहरू,
  4. बच्चाको बाबुआमाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
  5. बच्चाको बाबुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू,
  6. बच्चाको पासपोर्ट साइजको फोटो थान-२
  7. राहदानी दस्तुर  १००.०० दिराम "नगद मात्र"
  8. अभिभावक स्वयं उपस्थित हुनुपर्ने ।

ध्यान दिनुपर्ने कुराहरूः

  1. फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसँग भर्नु अनिवार्य रहेको ।
  2. कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पाइएमा त्यस्ता निवेदनमाथि कुनै कारवाही नगरिने ।
  3. राहदानी तयार भई नेपालबाट यस महावाणिज्यदूतावासमा आइपुग्ने समय निवेदन दर्ता भएको मितिले करीब १ महिना लाग्छ । तसर्थ, राहदानी बनेर आइपुगेको खबर महावाणिज्यदूतावासमा सम्पर्क गरेर वा महावाणिज्यदूतावासको Facebook/Website बाट थाहा पाउन सकिनेछ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेको रसिद र पुरानो राहदानी लिएर उपस्थित हुनुपर्ने।
  4. शनिबार, आइतबार र अन्य विदाका दिनहरू बाहेक हरेक दिन बिहान ०९.३० देखि दिउँसो 2.०० बजेसम्म निवेदन पेश गर्न सकिने  ।
  5. राहदानी सम्बन्धी विस्तृत जानकारी http://nepalpassport.gov.np बाट प्राप्त गर्न सकिने ।
  6.