राहदानी नविकरण सम्बन्धमा अत्यन्त जरुरी सूचना
राहदानी विभाग काठमान्डौले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरि सकेको छ। अबको एक-दुई महिना भित्रमा राहदानी प्रक्रिया हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली (Switch) हुने, सोका लागि राहदानी सेवा १ देखि ३ हप्ता बन्द हुने र नयाँ प्रणालीमा गइसकेपछी पनि राहदानी सेवा स्थीर हुन १ देखि ३ महिना लाग्नेछ।
अत: युएईको दुबई तथा अन्य उत्तरी इमिरेट्समा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सन् २०२६ डिसेम्बर भित्र राहदानीको म्याद सकिदैछ भने आउँदो एक महिना भित्र राहदानी नाविकारणका लागि आवेदन गरिसक्नुहुन सुचित गरिन्छ।
राहदानी नविकरणका लागि अनलाइन आवेदन फारम भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/
आउँदो एक महिना Appointment Location मा CGN Dubai छानी अनलाइन फाराम भर्दा Appointment Date को कुनै समस्या हुन दिइने छैन र आवेदकको संख्या अत्याधिक भएमा विदाको दिन वा कार्यालय समय भन्दा पछि पनि पुर्वसुचना गरेर सेवा प्रदान गरिनेछ।
नेपाली महावाणिज्यदूतावास,
दुबई
१३ मार्च २०२६
अन्तरिम अवस्थामा राहदानी सेवा व्यवस्थापन सम्बन्धमा जरुरी सूचना
राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको जानकारी गराउँछौ । अबको एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली (Switch) हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण (Stabilization ) नभएसम्म देहायको अवस्था हुन सक्ने देखिएको छः-
अतः उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनु अघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु हुन हार्दिक अनुरोध छ ।
साथै नयाँ प्रणाली शुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत जानकारी गराइने बेहोरा समेत सादर अनुरोध छ ।
राहदानी विभाग
मितिः-2082 फागुन 28 गते